२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्न नहुने

लेखक स्थानीय खबर २१ फाल्गुन २०७४, सोमबार १ मिनेट पढाइ

२१ फागुन, काठमाडौं ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले स्थानीय तहले आफूखुशी विद्यालय व्यवस्थापन समितिलाई गठन र विघटन नगर्न माग गरेको छ ।

संविधानले माध्यमिक तहसम्म सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि विद्यालय व्यवस्थापन समितिमा अभिभावकको निर्णयको आधारमा नीतिगत काम हुनुपर्ने माग महासंघले गरेको हो ।

महासंघका अध्यक्ष कृष्ण थापाले आज आयोजित संवाद कार्यक्रममा प्रस्तुत गरेको अवधारणा पत्रमा तत्काल नै स्थानीय तहको स्रोत साधन र आवश्यक कानून नभएकाले अभिभावकलाई नै विद्यालयको जिम्मेवारी दिनुपर्ने बताए ।

नेकपा एमालेका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरले स्थानीय तहलाई शिक्षाको सम्पूर्ण अधिकार दिए पनि चाँडै नै कानून बनाएर स्थानीय तहलाई बलियो बनाई विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहको जिम्मामा विद्यालय व्यवस्थापन रहेको भएता पनि विद्यालय व्वयवस्थापन समितिमा अभिभावकलाई पनि समेट्नु पर्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा स्थानीय तह र अभिभावक कसले गर्ने भन्नेमा प्रतिस्पर्धा गर्न नहुने बताए ।

भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले अभिभावकबाट विद्यालय सुध्रन नसकेको भन्दै जनप्रतिनिधिलाई नै विद्यालयको जिम्मेवारी दिनुपर्ने विचार व्यक्त गरिन् ।

पूर्वसचिव महाश्रम शर्माले विद्यालय व्यवस्थापन समिति स्थानीय सरकारप्रति उत्तरदायी हुनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।