२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैना कडेरीका बाढीपीडितले पाए नयाँ घर

लेखक स्थानीय खबर ८ फाल्गुन २०७४, मंगलबार २ मिनेट पढाइ

८ फागुन, राजविराज ।
बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारलाई एक संस्थाले नयाँ घर हस्तान्तरण गरेको छ ।

सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले सो नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

जिल्लाको तिरहुत गाउँपालिकाका वडा नम्बर १, २ र ५ साविकको मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको बताइएको छ ।

एक घर बनाउन करिब एक लाख ८६ हजार लागेको धर्मोदय नेपालका अध्यक्ष काशीनाथ जोशीले बताए । गत साउनमा आएको भिषण बाढीबाट सो गाउँपालिकाको वडा नं १, २ र ५ का १८ परिवारको पूर्णरुपमा घरमा क्षति भई घरविहीन भएका थिए ।

तिरहुत गाउँपालिकाका डम्वर राम, इन्द्रदेव पण्डित, इन्द्रावती पण्डित, जीवछ मलाह, सरस्वतीदेवी रामलगायत १८ परिवारको गत साउनमा आएको बाढीबाट उठिवास समेत भएको थियो ।

स्थानीय सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल “आरएफपी” तथा एशियन कन्फ्रेन्स अफ रिलिजन फर पिस “एसआरपी”ले एक महिनाको समय लगाएर नयाँ घर बनाएर नयाँ घरले आफूहरुमाथि ठूलो उपकार गरेको भन्दै पीडितले खुशी व्यक्त गरेका छन् ।

सिमेण्ट प्लास्टर भएको बराण्डा, काठ, बाँस र टिनको छानाबाट निर्माण गरिएको घर २० फिट लम्बाइ र १८ फिट चौडाइ रहेको छ ।

सहयोगी संस्थाका प्रमुख मासामिची कामियाँ, दिपीका सिंह, लोकमान्य गोल्छा तथा दिपीका सिंहले नयाँ घरको साँचो मैनाकडेरीका दलित तथा विपन्न परिवारलाई हस्तान्तरण गरे ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।