१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरद्वारा जंगी अड्डालाई एम्बुलेन्स प्रदान



स्थानीय खबर संवाददाता

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको जंगी अड्डालाई एम्बुलेन्स प्रदान गरेको छ । विहीवार सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाली सेनाका उपरथी ड. किशोरजंग राणालाई एम्बुलेन्स हन्तान्तरण गरेका हुन् । आकस्मिक स्वास्थ्य उपचारमा प्रयोग हुने सामाग्रीसमेत भएको उक्त एम्बुलेन्समा रिमुभवेल हस्पिटलको समेत सुविधा छ ।

तस्बीरः चन्द्रमणी भट्टराई

कार्यक्रममा कार्यकारी अधिकृत तामाङले विपद् व्यवस्थापनका लागी महानगर र नेपाली सेनाबीच निरन्तर सहकार्य हुँदै आएको बताए । कार्यक्रममा उपरथी राणाले महानगरबाट प्राप्त एम्बुलेन्स नेपाली सेनाका साथै आपतविपदमा परेका नागरिकको सेवामा पनि उपयोग गरिने बताए । विपद्मा उद्धार गर्न चीन सरकारले महानगरले उक्त एम्बुलेन्स सहयोग स्वरुप दिएको थियो । बा १ झ १९४७ नं. को एम्बुलेन्समा एउटा फायर इस्टिङ्ग्वीसर, दुईवटा अक्सिजन सिलिन्डर, दुई वटा टेलिफोन सेट, रिभ्यू मोनिटर, ग्लास ब्रेकर र स्प्रेयर टायर १/१ वटा छन् ।

प्रकाशित मिति : १३ माघ २०७३, बिहिबार ००:००