१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परिचयपत्र हराएका मतदाता अलमलमा



२९ कात्तिक, खोटाङ ।
फोटोसहितको मतदाता परिचयपत्र हराएका खोटाङका मतदाता आसन्न निर्वाचनमा मत हाल्न पाउने की नपाउने भन्नेमा अलमलमा परेका छन् ।

यसअघि लिएको मतदाता परिचयपत्र हराएका मतदाता आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सहभागी हुन पाउने नपाउनेमा अलमलिएका हुन् ।

मतदाता नामावलीमा नाम समावेश भएका तर परिचयपत्र हराएका मतदाताले आगामी निर्वाचनमा मत हाल्न पाउने नपाउने भन्ने विषयमा आयोगको आधिकारिक धारणा नआउँदा अन्योल छाएको स्थानीयले बताएका छन् । परिचयपत्र हराएका मतदाताको विषयमा आयोगको स्पष्ट धारणा नआएसम्म आफूसंग आधिकारिक जवाफ नभएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

जिल्लामा आसन्न निर्वाचनमा मत हाल्ने मतदाता संख्या एकलाख २५ हजार १८३ रहेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश राजनीतिक दलले आगामी निर्वाचनमा भाग लिएका छन् ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००