१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थिर सरकार बनाउन नै वाम गठबन्धनः पूर्वमन्त्री अधिकारी



२९ कात्तिक, पोखरा ।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले मुलुकमा स्थिर सरकार बनाउन नै वाम गठबन्धन भएको बताएका छन् ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं १ को पोखरा–लेखनाथ महानगरपालिका–१३ गौडाको मुखमा निर्वाचन प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै उनले स्थिर सरकारले मात्रै देशमा विकास गर्नसक्ने भएकाले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रदेश नं १ ख का उम्मेदवार मनबहादुर गुरुङले प्रदेशलाई आर्थिकरुपमा समृद्ध बनाउन आफूले अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन परिचालन कमिटिका संयोजक वेदबहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

यसैबीच, एमाले निर्वाचन आयोगका अध्यक्ष तथा पार्टीका समानुपातिकतर्फका उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्की क्षेत्र नं २३ को चुनाव प्रसारप्रचार समिति कार्यालयको उद्घाटन गर्दै लामो समयको अथक प्रयासपछि नेपालमा रहेका ठूला वामपन्थीबीच गठबन्धन भएको विचार व्यक्त गरे ।

सो अवसरमा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्मा, प्रदेश नं ३ ख का उम्मेदवार राजीव पहारी र पूर्व सांसद सीता गिरी ओलीलगायतका वक्ताले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००