१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्ता छन् डोल्पामा वाम गठबन्धन र कांग्रेसको एजेण्डा



२८ कात्तिक, दुनै— डोल्पा ।
आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरु विभिन्न विकासका एजेण्डा लिएर जनताको घरदैलो गरिरहेका छन् ।

पहिलो चरणको प्रचारप्रचार दशैँअघि नै सम्पन्न गरेर दोस्रो चरणको प्रचारमा जुटेको वाम गठबन्धनले पनि डोल्पाको विकासका लागि विभिन्न एजेण्डासहित घरदैलो गरिरहेको छ ।

एमाले र माओवादी केन्द्रको गठबन्धनले डोल्पाको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । “आधारभूत आवश्यकक्ताका रूपमा रहेका शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सुविधालाई प्रभावकारी बनाउने गठबन्धनको लक्ष्य रहेको प्रदेश क्षेत्र नं ‘क’ का एमालेका उम्मेदवार नन्दसिंह बुढाले जानकारी दिए ।

डोल्पा पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले प्राकृतिक धार्मिक तथा ऐतिहासिक सम्पदाको विकासका लागि गुरुयोजना बनाउने र एकघर एक होमस्टेको अवधारणा ल्याएर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको उम्मेदवार बुढाको भनाइ छ ।

एमालेबाट उम्मेदवार बनेका पूर्व सांसद तथा प्रतिनिधिसभाका उम्मेदवार धनबहादुर बुढा र नेपाली कांग्रेसले पनि विभिन्न एजेण्डासहित चुनाव प्रचारप्रचारमा जुटेको छ । जिल्लामा व्याप्त आर्थिक अनियमितता न्यूनीकरणका लागि काम गर्ने प्रतिबद्धतासहित चुवान प्रचारप्रचार गरिरहेको प्रतिनिधिसभाका अर्का उम्मेदवार अंगत बुढाले जानकारी दिए ।

जिल्लाको विकासका लागि ठोस खाकासहित शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारको विकास गर्ने र पछिल्लो समयमा रोजगारीका लागि डोल्पाली युवा विदेशिने क्रम बढेकाले यसलाई रोक्न विभिन्न कार्यक्रम ल्याउने एजेण्डा रहेको बुढाको भनाइ छ ।

उपल्लो डोल्पामा प्रचारप्रचार कार्यक्रम सम्पन्न गरेर अहिले तल्लो डोल्पाका बस्तीमा घरदैलो कार्यक्रममा जुटेको कांग्रेसले जनाएको छ । क्षेत्र नं क मा आठ हजार २५० र क्षेत्र नं ख मा १० हजार ७३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार ००:००