१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अबको युग विकास र समृद्धिको’



२८ कात्तिक, रत्ननगर— चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् ।

भरतपुर महानगरपालिका १७ स्थित हरैया चोकमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताउँदै भने— “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन ।”

बिहानैदेखि चुनावी घरदैलोमा सक्रिय चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताए । उनी वाम गठबन्धनका संयुक्त उम्मेदवार हुन् । पूर्वप्रधानमन्त्री दाहालले मतदातालाई किन्न खोज्नेको पैसा कब्जा गर्न आग्रह पनि गरे ।

उनले उक्त कार्यक्रमसंगै बिहान यहाँको डेरी चोकमा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन पनि गरे । सो क्रममा उनले राप्रपा छाडेर आएका झण्डै १०० कार्यकर्तालाई पार्टी प्रवेशसमेत गराए । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार राप्रपा प्रजातान्त्रिकका नेता एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे पनि चुनावी अभियानमा सक्रिय छन् ।
रासस

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार ००:००