१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने खनालको योजना



२६ कात्तिक, इलाम ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आसन्न निर्वाचनमा बाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने जिकिर गरेका छन् ।

माई नगरपालिका १० मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेर मुलुकलाई समाधान दिने बताए । “वाम गठबन्धन अब एकताको प्रक्रियामा अघि बढेको छ, एकता हुने भएपछि दक्षिणपन्थी र कांग्रेस अत्तालिएका छन्,” उनले भने ।

निर्वाचनपछि आर्थिक समृद्धिको बाटामा मुलुकलाई उन्मुख गराउने नयाँ योजनाका साथ वाम गठबन्धन गरिएको उल्लेख गर्दै उनले गठबन्धनका उम्मेदवारमाथिको आक्रमण सुनियोजित भएको टिप्पणी गरे ।

इलामलाई पर्यटकीय जिल्लाका रूपमा अघि बढाउने योजनाका साथ आफू निर्वाचनमा होमिएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले यहाँका अन्तु, कन्याम, सन्दकपुर र माइपोखरीको पर्यटनलाई माथि उकास्ने खालका नयाँ योजना ल्याइने जानकारी दिए ।
रासस

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार ००:००