१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सरकारले छिटो स्थानीय चुनावको मिति घोषणा गर्नुपर्छ, छक्कापञ्जा फिल्ममा चल्ला ! एमालेसँग चल्दैन’



स्थानीय खबर संवाददाता

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्नुपर्ने भन्दै एमालेलाई ‘छक्कापञ्जा’ नगर्न सरकारलाई चुनौति दिएका छन् ।

स्थानीय निकाय कर्मचारी संघको चौथो अधिवेशन काठमाडौंमा उद्घाटन गर्दै आफ्नो पार्टी स्थानीय चुनावको घोषणाको प्रतिक्षामा रहेको बताए । “छक्कापञ्जा फिल्ममा चल्ला ! एमालेसँग चल्दैन,” उनले भने, “आज (शनिवार) पनि प्रधानमन्त्री ज्यूसँग बैठक छ, एमालेको यही धारणा राख्नेछु ।” उनले स्थानीय तह कार्यान्वयनका लागी तयार रहन कर्मचारीहरूलाई आग्रह गरे । पुरानोबाट नयाँ संरचनामा जाँदा केही समस्या देखिन सक्ने भएकाले सचेत भएर काम गर्न आग्रह गरे ।

“एउटै स्टेजमा नाचिरहेको कलाकार अर्को स्टेजमा गएर नाच्दा अफ्ठेरो लाग्छ, कहाँनेर स्टेजको सतह टुङ्गिन्छ भन्ने थाह हुन्न, होस नपु¥याए लड्न सक्छ,” उनले भने, “नयाँ संरचनामा जाँदै हुनुहुन्छ । काम गर्ने तरिकाहरू फरक हुने होला ! सचेतपूर्वक तपाइँहरू स्थानीय तह कार्यान्वयनमा होमिनु होला !”

पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गरेको अधिवेशन आइतबारसम्म चल्नेछ । अधिवेशनले नयाँ कमिटी गठन गर्नेछ । देशभरका स्थानीय निकायबाट अधिवेशनमा करिब ७ सय पर्यबेक्षक आइपुगेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार ००:००