२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको केन्द्रीय प्रचार समिति विस्तार



 

२२ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति विस्तार गरेको छ । सो समितिको बैठकले ७५ सदस्यीय निर्वाचन समिति बनाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिको संयोजकमा बालकृष्ण खाँड, सहसंयोजकमा सुरेन्द्रराज पाण्डे छन् । यस्तै सदस्यमा दीलेन्द्रप्रसाद बडू, मानबहादुर विक, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्न शेरचन, किशोरसिंह राठौर, मीन विक, बद्री पाण्डे, सुजाता परियार, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याण गुरुङ, डा डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामा लगायत छन् ।

सो समितिमा कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रतिनिधि समेत सदस्य रहेका छन् । यस्तै कांग्रेसको प्रचार समितिमा उद्योगी विनोद चौधरीसमेत सदस्य छन् ।
रासस

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ००:००