२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह चाँडो कार्यान्वयन गर्न सरकारलाई संघ महासंघको ध्यानाकर्षण



स्थानीय खबर संवाददाता

स्थानीय निकायका संघ/महासंघहरूले चाँडो स्थानीय तह कार्यान्वयन गर्न सरकारको ध्यानार्काषण गराएका छन् ।स्थानीय तह पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनअनुसारकै स्थानीय तह कार्यान्वयन गर्न गाविस महासंघ, जिविस महासंघ र नगरपालिका संघले माग गरेको छ ।

संघ/महासंघका प्रतिनिधीहरूले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भेटेर स्थानीय तहकै निर्वाचन गर्न ध्यानार्कषण गराएका हुन् ।

साथै निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि तयार रहेको प्रतिनिधीहरूले बताएका छन् । वन ऐनको दोस्रो संशोधनले स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने वन, सार्वजनिक जग्गा, खोलानाला, पोखरीलाई वन मन्त्रालयअन्र्तगत राखेकाले सच्याउन माग गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७३, शुक्रबार ००:००