१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङका केही मतदान केन्द्रका स्थान हेरफेर



 

२१ कात्तिक, विराटनगर । मोरङका केही मतदान केन्द्रको स्थान हेरफेर गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर १० स्थित संसारीमाई स्थानमा रहेका सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्द्रलाई कोशी विद्या मन्दिरमा सार्ने निर्णय गरेको हो ।

त्यस्तै विराटनगर ६ स्थित शिक्षा सदन सरोचियामा रहेका १० वटा मतदान केन्द्रमध्ये चारवटालाई नजिकमा रहेको मणितारा बोडिङ स्कूलमा सार्ने सहमति भएको छ ।

बूढीगंगा गाउँपालिका २ स्थित हेल्थ पोष्टको नयाँ भवनमा कायम रहेका तीनवटै मतदान केन्द्रलाई नजिककै लीलाभक्त श्रेष्ठ प्राथमिक विद्यालयमा सार्ने निर्णय गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले राजनीतिक दल र उम्मेदवारका साथै आचारसंहिता पालना गर्न दायित्व निर्वाह गर्ने व्यक्तिले पूर्णरूपमा आचारसंहिता पालना नगरेमा कडा कारबाही हुने बैठकमा चेतावनी दिए ।

सर्वदलीय बैठकमा निर्वाचन अधिकृत, निर्वाचन आयोगका साथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि र उम्मेदवार गरी ५५ जनाको सहभागिता थियो ।
रासस

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलबार ००:००