५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन’




चितवन
, १९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताएका छन् ।

पश्चिम चितवनको चनौलीमा वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र न ३ का उम्मेदवार दाहालले अबको आवश्यकता भनेको स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताए ।

चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी क्षेत्र नं ३ मा भएको उनको भनाइ थियो । कार्यक्रममा शनिबार राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना, एमालेका नेता देवी ज्ञवाली, वाम गठबन्धनबाट प्रदेश क्षेत्र नं ३ क का उम्मेदवार कृष्ण भुर्तेल, ३ ख का उम्मेदवार रामलाल महतोलगायतले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार ००:००