४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङको नीलकण्ठ नगरपालिकामा निःशुल्क इन्टरनेट सेवा शुरू



 

१८ कात्तिक, धादिङ । नीलकण्ठ नगरपालिकाले २० स्थानमा निशुल्क इन्टरनेट सेवा शुरू गरेको छ । नगरपालिकाको केन्द्रीय कार्यालय, १४ वटा वडा कार्यालय, विभिन्न पार्कमा गरि आगामी ५ बर्षका लागी निशुल्क इन्टरनेट सेवा उपलब्ध गरेको छ ।

नगरपालिकाको पहिलो बैठकले नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध सुरू गरेको हो ।

शुक्रबार एक समारोहका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र माइक्रोसफ्ट इनोमेशन सेन्टरका राष्ट्रिय निर्देशक वीरलोचन तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

इन्टरनेट सेवा क्षेत्रका विज्ञ बाबुराम आचार्य, राष्ट्रिय निर्देशक तुलाधर, कार्यकारी अधिकृत जगन्नाथ लामिछानेलगायतका वक्ताले २१ औँ सताब्दीको विज्ञान र प्रविधिको युगमा जुनसुकै काममा पनि इन्टरनेट सेवा आवश्यक भइसकेको सान्दर्भिकतामाथि प्रकाश पारेका छन् ।

नगरप्रमुख ढुंगानाले आफूले प्रतिबद्धता जनाएको काम पूरा गर्न पाएकामा खुशी व्यक्त गर्दै चाँडै नै सार्वजनिक पार्कको निर्माण गरी नगरपालिकाभित्रको १४ वटै वडामा पक्की बाटो निर्माण गर्ने कामको शुरुवात समेत गरिसकेको बताए । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ००:००