७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा १० मतदान केन्द्र र १० हजार मतदाता थपिए




धनकुटा
, १७ कात्तिक । दोस्रो चरणमा हुने भनिएको मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि धनकुटामा १० वटा मतदान केन्द्र थप भएको छ । जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार धनकुटामा ११७ मतदानस्थलमा १५३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

तीन नगरसहित सात स्थानीय तह रहेको जिल्लामा कूल एकलाख पाँचहजार १८८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी केशव पौडेलले बताए ।

पौडेलका अनुसार जिल्लामा नौ हजार ८१६ जना मतदातासमेत थप भएका छन् । आगामी मंसिर २१ मा हुने प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित गरी धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता लागू भएको बारेमा जानकारी दिएको छ भने सुरक्षा संवेदनशीलता पहिचान गरी कडा सुरक्षा व्यवस्था गरिने समेत जनाएको छ ।

निर्वाचन आचारसंहितामा यसपटक थपिएको विषयमा उम्मेदवारको नाममा रंगीन पर्चा, टिसर्ट, टोपी, ट्याटु लगायतका प्रचार सामग्री निषेध गरिएको आचारसंहितामा उल्लेख छ ।

धनकुटा सदरमुकामस्थित सामुदायिक भवनमा राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीको भेलामा प्रतिनिधि सभामा एक क्षेत्र र प्रदेश सभाका लागि दुई क्षेत्र निर्धारण गरी निर्वाचन घोषणा संगै दलहरुलाई आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताए ।
रासस

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ००:००