८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा ठूला दलले उम्मेद्वार टुङ्गो लगाए




इलाम
, १६ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले नेकपा माओवादी केन्द्रको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको टुंगो लगाएका छन् । दलहरूले बुधबार सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् ।

निर्वाचन क्षेत्र नं १ को प्रत्यक्षतर्फ प्रतिनिधि सभामा वाम गठबन्धनबाट एमालेका झलनाथ खनाल र कांग्रेसबाट भूपेन्द्र कट्टेलले चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । खनाल यसअघि पनि तीनपटक क्षेत्र नं १ बाट लगातार सांसद बनिसकेका छन् ।

कट्टेल यसपटक खनालसंग प्रतिष्पर्धा गर्दै छन् । इलाम क्षेत्र नं २ मा गठबन्धनबाट एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका केशव थापा उम्मेदवार बनेका छन् ।

प्रदेश सभातर्फ क्षेत्र १ को ‘क’ मा गठबन्धनबाट एमालेकी खिनु लङ्वा लिम्बू र कांग्रेसबाट देवेन्द्र राईले प्रतिष्पर्धा गर्दैछन् । केही वर्षअघि कांग्रेस छाडेर संघीय समाजवादी फोरमको जिल्ला अध्यक्षसमेत रहेका राई कांग्रेसमै प्रवेश गर्ने शर्तमा कांग्रेसबाट उम्मेदवार बनेको कांग्रेस श्रोतले जनाएको छ । क्षेत्र १ को ‘ख’ मा गठबन्धनबाट एमालेका काजीमान कागते र कांग्रेसबाट दुर्गा बराल चुनाव लड्दै छन् ।

प्रदेशतर्फ नै क्षेत्र २ को ‘क’ मा गठबन्धनबाट एमालेका रामबहादुर रानासंग कांग्रेसका डम्बर खड्काले प्रतिष्पर्धा गर्दैछन् । क्षेत्र २ को ‘ख’ मा भने वाम गठबन्धनबाट माओवादी केन्द्रका धीरेन शर्माले कांग्रेसका खगेन्द्र देवानसंग प्रतिष्पर्धा गर्दैछन् ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार ००:००