१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा जथाभावी सवारी चलाउन नपाइने




काठमाडौँ
, १६ कात्तिक । काठमाडौँ उपत्यकामा अबदेखि जथाभावी रुपमा सवारी चलाउन नपाइने भएको छ ।

उपत्यकामा हुने सडक दुर्घटना कम गर्न तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र सर्वसाधारण बोक्ने सवारी सडकको बाहिरी भागबाट हिँड्नुपर्ने भएको छ ।

जथाभावी ढंगले सवारी चलाउँदा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार भक्तपुरदेखि काठमाडौँ आउने सवारीसाधनलाई प्रशिक्षण दिएको हो ।

‘पहिला तपाईं अनि म’, ‘हर्न नबजाउँ’, ‘सडकको दाँया भागबाट मात्र ओभरटेक गर्नुहोस्’, ‘मोटरसाइकल, साइकल, ट्रक, मिनीट्रक बाँया भागमा मात्र’ नारासहितका विभिन्न प्लेकार्ड प्रदर्शन गरी महाशाखाले सवारी चालक र यात्रुलाई जनचेतना प्रदान गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकामा वार्षिक हुने दुर्घटनामध्ये ४२ प्रतिशत व्यक्ति पैदलयात्रु पर्ने गरेको भन्दै उक्त दुर्घटनामा कमी ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “सभ्य र अनुशासित भएर सवारी चलाउँदा दुर्घटना ह्वात्तै घट्छ,”– प्रमुख खनालले भने ।

उनले आगामी दिनमा काठमाडौँ तथा ललितपुरका विभिन्न भागमा यस्तो कार्यक्रम सञ्चालन गर्ने बताए ।
रासस

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार ००:००