१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा ६ वटा मतदान केन्द्र थप




लहान
, १५ कात्तिक । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहामा छ वटा मतदान केन्द्र थप गरिएको छ ।

गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख इन्दिारा यादवले जानकारी दिइन् । यो संगै सिरहामा अव मतदान केन्द्रको संख्या ४३६ पुगेको छ ।

यहाँ रहेका मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र खारेज गरिएको छ भने स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २३० वटा मतदान केन्द्र अहिले पनि कायम रहेको प्रमुख यादवले बताइन् ।

पछिल्लो पटक सिरहा नगरपालिका १७ मा, लहान नगरपालिकाको वडा नं ३, गोलबजार नगरपालिका २, औरही गाउँपालिकाको वडा नं ३, अर्नमा गाउँपालिका ३ र नरहा गाउँपालिका १ मा मतदान केन्द्र थप गरिएको तथा कल्याणपुर नगरपालिका ६ को कटटहा मतदान केन्द्र खारेज गरिएको हो ।

प्रतिनिधिसभाका लागि चारवटा र प्रदेशसभाका लागि आठ वटा निर्वाचन क्षेत्र रहेको सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला एक लाख ६० हजार २६७ र दुई तेस्रो लिंगी गरी तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००