१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परासीको हाटबजार दुर्गन्धित




नवलपरासी
, १४ कात्तिक । सदरमुकाम परासीमा रहेको हाटबजार दिनप्रतिदिन दुर्गन्धित हुँदै जान थालेको छ । हप्ताको दुई पटक लाग्ने यहाँको सदरमुकामको हाटबजार हिजोआज दिनप्रतिदिन थप दुर्गन्धित बन्दै गएको तर यसप्रति कसैको ध्यान नगएको हाटबजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधेश्याम अग्रहरीले बताए ।

रामग्राम नगरपालिकाले एउटा शौचालय बनाएको भए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । व्यापारीले खुला छानामुनि आफ्नो बजार व्यवसाय चलाएका छन् । बजारका लागि पर्याप्त संख्यामा पक्की छाप्रो नबन्दा व्यापारीले प्लाष्टिकको झुप्रो बनाएर आफ्नो पसल व्यवसाय सञ्चालन गरेको अर्का व्यापारी सञ्जय अग्रहरी बताउछन् ।

बजारमा रहेका अव्यवस्थित मासु पसलबाट पनि सदरमुकाम थप दुर्घन्धित बन्दै गएको छ । यस्ता पसलबाट किनबेच हुने माछामासुले स्वास्थ्यमा नराम्रो असर पारेको स्वास्थ्यकर्मी बताउँछन् । झरही खोलामा बजारको फोहोर फाल्नाले खोला पनि थप प्रदूषण बड्दै गएको छ ।

यता व्यापारीको संस्था परासी बजार व्यवस्थापन समितिले बजारमा दिनप्रतिदिन फैलिँदै गएको दुर्गन्ध नियन्त्रण गर्न कुनै वास्ता नगरेको नगरवासीको भनाइ छ । बजारको अवस्था निकै जर्जर र दुर्गन्धित बन्दै गएको परासीका विकास शर्माको भनाइ छ ।

तरकारी बजारका रुपमा परिचित हाट बजारमा तरकारीका साथै अरु दैनिक उपभोग्य बस्तुको पनि किनबेच हुने गरेको छ । बजारमा जाने उचित सडक नहुँदा आवतजावत गर्न समस्या परेको स्थानीयवासीले बताएका छन् । रामग्राम नगरपालिकाले वार्षिक १५ लाखको बजार ठेक्का लगाए पनि बजारबाट आउने रकम बजार व्यवस्थापनमा नलगाउँदा समस्या भएको हो ।

झरही नदी किनारमा लाग्ने सो बजारमा मासु पसलेले बधशाला नहुँदा खुला रुपमा खसी र कुखुरा काट्दा बजार अत्यन्त दुर्गन्धित हुँदै जान थालेपछि बजार अस्तव्यस्त बन्दै गएको बताइएको छ ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००