२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरी जिल्लामा ११ मतदान केन्द्र थप



 

१४ कात्तिक, गौशाला । आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ४१५ मतदान केन्द्र कायम भएको महोत्तरी जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ११ मतदान केन्द्र थप गरिएको हो ।

जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार अहिले महोत्तरीमा ४२६ वटा मतदान केन्द्र कायम भएका छन् । तर मतदानस्थल स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २५८ नै अहिले पनि कायम रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी रायका अनुसार जिल्लामा थप हुने मतदान केन्द्रहरुमा मटिहानी नगरपालिकाको धिरापुर प्रावि, रामगोपालपुर नगरपालिकाको दोलाठी निमावि, लोहारपट्टि नगरपालिकाको प्रावि फुलबरिया रहेका छन् ।

त्यस्तै, भंगहा नगरपालिकाको सिंग्याही मावि, भगवतीपुर निमावि, बिपी स्मारक ज्ञानकुञ्ज अजगेवा, एकडारा गाउँपालिकाको नेरा प्रावि बेला रहेका छन् ।

त्यसैगरी, बर्दिबास नगरपालिकाको वरडाँडा मावि, खयरमारा मावि, कृषि सेवा केन्द्र, नयाँबजार र गौशाला नगरपालिका पूर्वको स्वास्थ्य चौकीमा मतदान केन्द्र थप भएको छ ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००