६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुर १ बाट थापा र झापा ३ बाट लिङ्देनको उम्मेदवारी




काठमाडौँ
, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा ३ बाट महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनको उम्मेदवारीलाई कायमै राख्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त स्थानमा आफ्नो उम्मेदवारलाई जिताउन अन्य दलसंग समेत सहकार्य तथा तालमेल गर्न सम्बन्धित जिल्ला समितिलाई जिम्मेवारी दिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

नेपाली कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उक्त स्थानमा उम्मेदवार बनाउन लागेपछि कांग्रेसको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनबाट एउटै क्षेत्रमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुन लागेको छ ।

उपाध्यक्ष तामाङका अनुसार कांग्रेसले उक्त स्थानमा राप्रपालाई सहयोग गर्ने प्रतिबद्धता जनाएपछि चुनावी प्रचारप्रसार भइसकेको अवस्थामा पार्टीले उम्मेदवार फिर्ता नगर्ने निर्णय गरेको हो । गठबन्धनमा सहभागी भई अन्य स्थानमा पूर्ववर्ती सहमति अनुसार अगाडि बढ्ने र गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सहयोग गर्ने निर्णय गरिएको छ ।

कांग्रेसले सो स्थानमा पार्टी नेता तथा कार्यकर्ताबाट पूर्वमहामन्त्री सिटौलालाई उम्मेदवार बनाउन दबाब आएपछि उनको समानुपातिक सूचीमा रहेको नाम अघिल्लो दिन हटाएको थियो ।

पार्टीले मकवानपुर १ बाट अध्यक्ष कमल थापा, काठमाडौँ ७ बाट विक्रमबहादुर थापा, बाँके २ बाट ओमप्रकाश आजाद र दैलेख १ बाट दीपककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बाँकी भएको जिल्लामा चाँडै उम्मेदवारको टुङ्गो लगाइने बताइएको छ ।
रासस

प्रकाशित मिति : १३ कार्तिक २०७४, सोमबार ००:००