१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा ३१ मतदान केन्द्र थपिए




पोखरा
, १२ कात्तिक । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ३१ मतदान केन्द्र थपिएका छन् ।

गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा २८८ मतदान केन्द्र कायम गरिएकामा अहिले ३१९ पु¥याइएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा सबैभन्दा बढी २१ मतदान केन्द्र थप गरिएको छ । स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा २१० केन्द्र रहेकामा अहिले बढाएर २३१ कायम गरिएको छ ।

अन्नपूर्ण गाउपालिकामा २३, माछापुच्छ्रे गाउँपालिकामा २३, मादी गाउँपालिकामा २५ र रुपा गाउँपालिकामा १७ मतदान कायम गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

ती गाउँपालिकामा क्रमशः २, २, ४ र २ मतदान केन्द्र थप गरिएका छन् । गत साउन १ देखि भदौ ३ गतेसम्म जिल्लामा सञ्चालन गरिएको तस्वीरसहितको थप मतदाता नामावली संकलनमा जिल्लाभरबाट ३० हजार ६४१ मतदाता थपिएका थिए ।

गएको असार मसान्तसम्म जिल्लामा दुई लाख २४ हजार ८११ मतदाता रहेकामा अहिले मतदाता संख्या दुई लाख ५५ हजार ४५२ पुगेको छ । यसमा पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चारजना छन् ।

प्रतिनिधि सभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं। ३ मा ८८ हजार ७१७ मतदाता छन् । प्रदेश क्षेत्र नं १ क मा ५० हजार २८९, ख मा ४५ हजार ७९५, प्रदेश नं २ क मा ३७ हजार ६४३, ख मा ३३ हजार ८, प्रदेश नं ३ क मा ४६ हजार २५२ र ख मा ४२ हजार ४६५ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगर र चार गाउँपालिका रहेका छन् ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार ००:००