७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले सभापतिसहित २२ उम्मेदवारको टुंगो लगायाे




काठमाडौँ
, ९ कात्तिक । नेपाली कांग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको संसदीय समितिको बैठकले उक्त उम्मेदवारी टुंगो लगाएको हो । सभापति शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्नेछन् ।

यस्तै पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्नेछन् ।

यसैगरी डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
रमसस

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार ००:००