७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा ५ वटै निर्वाचन क्षेत्रकाे कार्यालय स्थापना




भद्रपुर
, ९ कात्तिक । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि झापा जिल्लाको पाँच वटै निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ र ३ जिल्ला समन्वय समितिको कार्यालयमा, निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय जिल्ला शिक्षा कार्यालयमा, निर्वाचन क्षेत्र नं ४ को निर्वाचन कार्यालय नेपाल स्काउट भवनमा र निर्वाचन क्षेत्र नं ५ को निर्वाचन कार्यालय जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं ३ मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मी, निर्वाचन क्षेत्र नं १ मा शिवप्रसाद पराजुली निर्वाचन क्षेत्र नं २ मा इन्दिरा शर्मा, निर्वाचन क्षेत्र नं ४ मा प्रेम खड्का र निर्वाचन क्षेत्र नं ५ मा शकुन्तला कार्कीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत एवं झापा जिल्ला अदालतका न्यायाधीश खिलानाथ रेग्मीले कार्यलय भवन उद्घाटन गर्दै भयरहित र निष्पक्ष निर्वाचनका लागि राजनीतिक दल, राष्ट्रसेवक कर्मचारीले निर्वाचन आचारसंहितालाई पूर्णरूपमा पालना गर्नु पर्नेमा जोड दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, निर्वाचन अधिकृतहरू शिवप्रसाद पराजुली, प्रेम खड्का, शकुन्तला कार्की, इन्दिरा शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्य, राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका विजय रिजाल, नेकपा एमालेका मदन अधिकारी, राष्ट्रिय जनमोर्चाका नवराज ढुंगाना, राष्ट्रिय जनता पार्टीका सूर्यनारायण गणेशले पनि आसन्न निर्वाचन भयरहित, निष्पक्ष एवं धाँधलीरहित वातावरणमा सम्पन्न हुनु पर्ने बताए ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००