७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैनबत्ति कारखानामा आगलागी हुँदा १५ लाखको क्षति




इटहरी
, ३ कात्तिक । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ५ कलङ्कीस्थित एक मैनबत्ती कारखानामा शुक्रबार बिहान आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।

कलङ्की चोक नजिक प्रदीप सुवेदीले सञ्चालन गर्दै आएको मैनबत्ती उद्योगमा बिहान साढे २ बजेतिर भएको आगलागीमा कच्चा पद्धार्थ लगायत सामग्री जल्दा १५ लाखभन्दा बढीको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

लक्ष्मीपूजाका लागि बालिएको मैनबत्ती राति बल्दै गएर अन्यत्र फैलिई भएको आगलागी इटहरीको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रण गरिएको थियो ।

पीडित परिवारलाई रु पाँच हजार
केही दिनअघि आगलागीमा परेर घरबारविहीन मोरङ सुन्दरहरैंचा ९ का दानबहादुर खड्काको परिवारलाई तिहार मान्न सहयोग पुगोस् भनेर बिहीबार पाँच हजार सहयोग दिइएको छ ।

आगलागीमा परी खड्काको काठको घर जलेर नष्ट हुँदा १५ लाखभन्दा बढीको नोक्सानी भएको तथा घर जलेर बसोबासको समेत समस्यामा परेकाले भूतपूर्व प्रहरी कर्मचारी सङ्गठन परिवारले आपत्कालीन राहतस्वरुप उक्त रकम उपलब्ध गराएको बताइएको छ ।

आगलागीपछि खड्का परिवार छिमेकीको सहयोगमा आन्तरिक शरणार्थीका रुपमा त्रिपालको छाप्रोमा चाडपर्व मनाउन बाध्य छ ।
रासस

प्रकाशित मिति : ३ कार्तिक २०७४, शुक्रबार ००:००