१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिञ्जावासी व्यापार गर्न अन्यत्र जाने हुँदा जुम्ला– २ मा २० प्रतिशत मतदाता घट्ने



 

 

२ कात्तिक जुम्ला । मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशका निर्वाचनमा जुम्ला क्षेत्र नं २ सिञ्जा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिञ्ज भेकका सबै पुरुष जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतलगायत मुलुककै अन्य भेगमा जाने परम्परा छ ।

यही परम्पराका कारण यसपटकको संघ र प्रदेशमा मतदाता घट्ने देखिएको हो । निर्वाचन आएपनि यसले स्थानीयवासीलाई भारत जान रोक लाउन नसक्ने कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले बताए ।

“वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो, चुनावका लागि गाउँमै बसे कमाउनबाट वञ्चित हुन्छन्,”, उनले भने । चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशत पुरुष यतिबेला बाहिरने उनले बताए । उनका अनुसार तिहारपछि घरमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र घरमा हुन्छन् ।

कनकासुन्दरी–२ का स्थानीय मोतीलाल रावत सिञ्जालीहरूको आम्दानीको मुख्य स्रोत नै व्यापार भएकाले यो समय चुकाउन नहुने बताउँछन् । । उनका अनुसार सिञ्जालीहरू यो याममा हिङ, सिलाजित, गलैँजा व्यापारबाट एकजनाले तीन महिनामा रु ९० हजारदेखि ४ लाखसम्म आम्दानी गर्छन् । जुम्ला क्षेत्र नं २ मा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्छन् । जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले हाल जुम्लामा कूल मतदाता संख्या ५९ हजार ५८ रहेको बताए । रासस

प्रकाशित मिति : २ कार्तिक २०७४, बिहिबार ००:००