१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात बुँदे घोषणा पत्र जारी गर्दै नेसनल युथ फोरमको सम्मेलन सम्पन्न



काठमाडौं । सात बुँदे घोषणा पत्र जारी गर्दै नेशनल युथ फोरमको सम्मेलन सम्पन्न भएको छ ।

सहकारीमार्फत युवाको उद्यमशीलतामा वृद्धि गर्ने उद्देश्यसहित राष्ट्रिय सहकारी महासंघले नेशनल युथ फोरम सम्मेलन आयोजना गरेको थियो ।

सहकारीमा युवाहरूको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिहरूको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने घोषणापत्रमा उल्लेख छ ।

युवाहरूलाई उद्यमशीलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघसँस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्रले युवाहरूको नवीनतम् सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघसँस्थाको पूँजीलाई परिचालन गर्ने बिषय पनि समेटेको छ ।

यसका लागी सहकारी उद्यम विकासमा अधिकतम् पूँज परिचालन गर्ने पनि उल्लेख छ ।

सहकारी संघसँस्थाको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम् प्रविधिको प्रयोगमा व्यापकता ल्याउने पनि घोषणा पत्रमा उल्लेख छ ।

यसै गरि सहकारी युवा उद्यमशीलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी बनाउने लक्ष्य फोरमले लिएको छ ।

यस्तै सहकारीमार्फत उत्पादित वस्तु र सेवाको मूल्य तथा अपुर्तिको श्रिंखला विकास गरि सहकारीको ब्राण्ड बनाउने घोषणा पत्रमा उल्लेख छ । यसैगरि युवा उद्यमशीलताका नतिजाहरू एकीकृत गरि सहकारीको क्षमता पनि प्रदर्शन गर्ने फोरमको लक्ष्य छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरूलाई उद्यमशीलतामा जोड्न सके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारीमार्फत उद्यमशीलताको विकास गर्न एकजुट भएर युवा सहकारीकर्मीहरू जुट्नु पर्ने बताए ।

फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुति भएको महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए ।

दुई दिनसम्म चलेको फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरू सहभागी थिए । फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरू र प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००