१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावको सुनिश्चितताका लागि राप्रपा सरकारमाः उपप्रधानमन्त्री थापा




काठमाडौँ
, १ कात्तिक । उपप्रधान एवं ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताएका छन् ।

ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको बताए ।

“त्यसबेला पनि मधेसवादी दलले सरकार छोडेपछि अल्पमतमा परी चुनाव नहुने वातावरण बनेको थियो, हामी सरकारमा गएर चुनावको माहोल बनायौँ, अहिले पनि सरकारको साझेदार दल माओवादी प्रतिपक्षी गठबन्धनमा मिसिएपछि चुनाव रोक्ने षड्यन्त्र असफल बनाउन सरकारमा सहभागी भएका हौँ” पदभार ग्रहणपछि सञ्चारकर्मीसंग कुरा गर्दै उपप्रधानमन्त्री थापाले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम तोकिएकै समयमा चुनाव हुने प्रतिबद्धता आफूसंग पटक पटकको भेटमा जनाएको बताउँदै उनले भने “प्रधानमन्त्री देउवाको जानकारीमा चुनाव नगराउने षड्यन्त्र भइरहेको सूचना आएपछि उहाँकै आग्रहमा चुनावको वातावरण नबिगार्न आफ्नो दल सरकारमा सहभागी भएको हो” ।

चुनावसम्म अहिलेकै कार्ययोजना अघि बढाउने, नेपाल विद्युत् प्राधिकरणसंगको सहकार्यमा विद्युत् भार कटौती हुन नदिने, हाल सञ्चालित आयोजनालाई निरन्तरता दिनेलगायत योजनाका वारेमा जानकारी दिदैं उपप्रधानमन्त्री थापाले अन्य दलले जस्तोसुकै गठबन्धन गरेर सरकारमा गए पनि चर्चा नहुने तर राप्रपा सरकारमा जाने वित्तिकै विभिन्न खाले हल्ला चलाइने गरेको बताए ।

विसं २०६२/६३ को परिवर्तनपछि राप्रपा तेस्रोपटक सरकारमा सहभागी भएको छ । बाम गठबन्धपछि प्रजातान्त्रिक शक्तिका बीचमा सहकार्य र एकता अनिवार्य बन्न गएको पनि उनले बताए ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार ००:००