९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन




पोखरा
, ३१ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकामा दोब्बरभन्दा बढीको निवेदन परेको छ ।

सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अन्तिम दिन सोमबार मात्रै ८४२ जनाले निवेदन दिएको र राति ९ बजेसम्म निवेदन दर्ता गरिएको थियो ।

मंसिर २१ गते हुने ती दुवै निर्वाचनका लागि एक हजार म्यादी प्रहरीको खाँचो पर्ने र कात्तिक ५ गतेदेखि छनोटको प्रक्रिया शुरु गरिने बताइएको छ ।

निवेदन दिएकामध्ये दुई हजार १४७ पुरुष र ४९५ महिला छन् । निवेदन दिनेमा दशौँ कक्षा उत्तीर्णदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि छन् । स्थानीय तहको निर्वाचनमा ९८८ म्यादी प्रहरी भर्ना गरिएको थियो ।
रासस

प्रकाशित मिति : ३१ आश्विन २०७४, मंगलबार ००:००