१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षद्वारा अक्षयकोष स्थापना गर्ने घोषणा




रामपुर
— पाल्पा, २९ असोज । रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष क्याप्टेन हिमाल मल्लले तीन वटा सरकारी विद्यालयमा तीन लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । वडा नं ५ भित्र रहेका तीन वटा सरकारी विद्यालयमा उनले एक एक लाख अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

वडाभित्र सञ्चालित रामतुलसी मावि, रामपुर निमावि र बाल कल्याण प्राविमा वडाध्यक्ष मल्लले स्व पिता ढालबहादुर मल्ल, माता चन्द्रकुमारी मल्ल, सानीआमा विनाकुमारी मल्ल र सासूआमा चन्द्राकुमारी खाँणको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष खडा गर्न लागेको अध्यक्ष मल्लले बताए । उनले आफ्नो कार्यकालमा राजनीतिभन्दा माथि उठेर सामाजिक हितका लागि काम गर्दै जाने बताए ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार ००:००