५ माघ २०८२, आइतबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औलोको उच्च जोखिम रहेका क्षेत्रमा ९६ हजार कीटनाशक झुल निःशुल्क वितरण



 

कञ्चनपुर, २८ असोज । औलोको उच्च जोखिममा रहेका कञ्चनपुरका आठ वटा स्थानीय तहका ३८ वडाका बासिन्दालाई ९६ हजार ७७१ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण विकास आधार संस्थाले झुल वितरण गरेको हो ।

औलोको संक्रमण बढी देखिएका स्थानीय तहका छनोटमा परेका वडामा निःशुल्क झुल वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक रवीन्द्र यादवले बताए ।

“आठ स्थानीय तहका ३८ वडाका बासिन्दालाई औलोको जोखिमबाट जोगाउनका लागि दुईजनालाई एकका दरले झुल वितरण गरेका छौँ” उनले भने ।

नेपाल औलो रणनीति सन् २०१४/२०२५ ले लिएको उद्देश्यअनुरुप सन् २०१६ मा गरिएको सूक्ष्म वडास्तरीयकरणले उच्च तथा मध्यम जोखिममा देखिएका बासिन्दालाई झुल वितरण गरिएको हो ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाका पाँच वडामा १५ हजार ५३६, लालझाडी गाउँपालिकाका तीन वडामा दुई हजार १४५, बेदकोट नगरपालिकाका तीन वडामा आठ हजार २४९ र बेलौरी नगरपालिकाका आठ वडामा २२ हजार ८९५ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।
रासस

प्रकाशित मिति : २८ आश्विन २०७४, शनिबार ००:००