१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रमा तालमेल जिल्लामा आफूखुशी उम्मेदवार सिफारिश




गोरखा
, २६ असोज । मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाउँमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच तालमेल गर्ने तयारी भइरहेका बेला गोरखामा भने एमाले, माओवादी र नयाँ शक्तिले आफ्नो पार्टीबाट छुट्टाछुट्टै उम्मेदवार सिफारिश गरेका छन् ।

एमाले गोरखाले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट यादव बस्नेतको नाम सिफारिश गरेको छ । सोही क्षेत्रमा माओवादीले हरि अधिकारी, कृष्ण धिताल र लोकप्रसाद बञ्जाराको नाम सिफारिश गरिसकेको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले विकलकुमार श्रेष्ठ, बुद्धि दवाडी र मैती सुनारलाई सिफारिश गरेको छ भने सो क्षेत्रमा माओवादीले नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्काको नाम सिफारिश गरेको छ ।

त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा सदस्यका लागि एमालेले रामशरण बस्नेत र सुरेन्द्र थापाको नाम सिफारिश गरेको छ । माओवादीले लेखबहादुर थापा, माया चेपाङ र जानुका पौडेलको नाम सिफारिश गरेको छ । क्षेत्र नं १ को प्रदेशसभा २ मा एमालेले कृष्ण नेपाली र टेकराज भट्टको नाम सिफारिश गरेको छ भने सो क्षेत्रमा माओवादीले ऋषि खनाल, स्थिरप्रसाद खनाल र नीमा लामाको नाम सिफारिश गरेको पार्टीले जनाएको छ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले हरि काफ्ले र प्रकाश न्यौपानेको नाम सिफारिश गरेको छ भने माओवादी केन्द्रले कमला नकर्मी, विवश चिन्तन र बन्दना पाण्डेको नाम सिफारिश गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा सदस्यका लागि एमालेले देवराज श्रेष्ठ र विश्वज्योति बानियाँको नाम सिफारिश गरेको छ भने माओवादीले अमर तमु, दीपक देवकोटा र भगवती तिवारीको नाम सिफारिश गरेको छ ।

वाम गठबन्धनमा रहेको अर्को दल नयाँ शक्ति पार्टीले क्षेत्र नं २ को प्रतिनिधिसभामा पार्टी संयोजक डा बाबुराम भट्टराईलाई उठाउने भएको छ । अन्य क्षेत्रमा नयाँ शक्तिले उम्मेदवार सिफारिश गरेको छैन ।

आकाङ्क्षीको नाम कांग्रेसले केन्द्रमा पठायो
नेपाली कांग्रेस गोरखाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार केन्द्रमा सिफारिश गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा हरि घले, चीनकाजी श्रेष्ठ, राजेन्द्र बजगाईं, भूगोल थापा, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, बुद्धिप्रसाद श्रेष्ठको नाम सिफारिश भएको हो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा कांग्रेसले सुरेन्द्रराज पाण्डे, कमला पन्त, अब्दुल सतार, चेतमान श्रेष्ठ र राजनदेव भट्टको नाम सिफारिश गरी केन्द्र पठाएको पार्टी सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा धिरन थापा, तुलाराम दाहाल, रेशम गुरुङ, विश्वदेव श्रेष्ठ, जनार्दन अर्याल, परशुराम पन्त, भीमप्रसाद अर्याल, ठाकुर पन्त, भगवान मास्के, ध्रुव खनाल, जानुका पन्त, कमल अम्गाईंको नाम सिफारिश भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा २ मा नन्दप्रसाद न्यौपाने, ठाकुर पुडासैनी, डिल्लीराम तिमिल्सिना, युवराज बस्ताकोटी, भरत भट्ट, फणिन्द्र भट्ट, धर्मेन्द्रकाजी श्रेष्ठ, रामकृष्ण लामिछाने, शीतलकाजी श्रेष्ठ, कृष्णप्रसाद भट्ट र प्रेम खत्रीको नाम सिफारिश गरेको हो ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा रविकला खनाल, बलराम खड्का, इमानसिँह बस्नेत, अम्बिका न्यौपाने, पदम भट्टराई, कृष्ण पोखरेल, ईश्वर परियार, चन्द्रप्रकाश मरहट्ठा, इन्द्रमान गुरुङ, चेतनारायण श्रेष्ठ र गेहेन्द्रराज विष्टको नाम सिफारिश भएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा प्रकाशचन्द्र दवाडी, गोविन्द गुरुङ, मनकुमारी गुरुङ, सुकदेव दवाडी, ओम गुरुङ, मोहन पोखेरेल र सिपी पोखरेलको नाम सिफारिश गरेको कांग्रेसले जनाएको छ ।
रासस

प्रकाशित मिति : २६ आश्विन २०७४, बिहिबार ००:००