७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुका प्रमुख तीन दलद्वारा उम्मेदवार सिफारिस



 

२१ असोज सल्लेरी । सोलुखुम्बुका प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् । एमाले प्रतिनिधिसभाका लागि पार्टी जिल्ला अध्यक्ष रहेका मानवीर राईको नाम सर्वसम्मतिमा सिफारिस गरेको छ । यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ नेता सोनाम ग्याल्जेन शेर्पा र सरस्वती कुलुङलाई सिफारिस गरेको प्रचार विभाग सचिव बीरउदास श्रेष्ठले बताए । प्रदेशसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट वुद्धिकुमार राजभण्डारी र समानुपातिकतर्फ आङङिमा लामाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

यस्तै, क्षेत्र नं १ मा सर्वसम्मत उम्मेदवार छनौट गर्न नसक्दा आकांक्षीको नाम माथिल्लो कमिटिमा सिफारिस गर्ने निर्णय गरिएको छ । बैठकले क्षेत्र नम्बर १ बाट नेता उत्तम बस्नेत, जुद्धबहादुर कार्की, डिबी किराँती, भीमराज राई र लोचनकुमार शर्मालाई सिफारिस गरेको हो । समानुपातिकतर्फ कल्पना गिरी बस्नेत, डिल्लीबहादुर राई र धनकुमार विश्वकर्मालाई सिफारिस गरिएको छ ।

माओवादीले प्रतिनिधिसभाका लागि पोलिटव्यूरो सदस्य शिबबहादुर बस्नेतलाई सिफारिस गरेको छ । यस्तै, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट पोलिटव्यूरो सदस्य हेमकुमार राई र क्षेत्र नम्बर २ बाट पूर्वसांसद आङदावा शेर्पालाई सिफारिस गरेको छ ।

यसैगरी, काँग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बलबहादुर केसी र समानुपातिकतर्फ प्रभुराम बस्नेतलाई सिफारिस गरेको छ । प्रदेश सभाको लागि १ नम्बर क्षेत्र प्रत्यक्षका लागि जिल्ला सभापति विनोदकुमार बस्नेत, जिल्ला सचिव धनजन राई र समानुपातिकका लागि कुसराज राई र जयप्रसाद राईलगायतको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेशको क्षेत्र नम्बर २ का लागि प्रत्यक्षतर्फ आङगेलु शेर्पा, कुसाङ शेर्पालगायतको नाम पठाइएको जिल्ला सचिव धनजन राईले जानकारी दिए । क्षेत्र नम्बर २ को समानुपातिकका लागि प्रेमबहादुर थापामगर र भोजराज कार्कीको नाम सिफारिस गरिएको छ । रासस

 

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार ००:००