१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका बारेमा आशंका नगर्नुस्ः प्रमुख आयुक्त यादव



 

२१ असोज काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रिय राजनीतिकको वातावरण अस्थिर जस्तो देखिए पनि निर्वाचनका बारेमा आशंका नगर्न आग्रह गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीबारे सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दलहरूलाई जानकारी गराउन शनिबार आयोजित अभिमुखीकरणमा उनले तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे ।

“निर्वाचनका लागी हामी अघि बढिरहेका छौं । यही असोज २९ गते समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची बुझाउनु पर्नेछ,” उनले भने, “अबको १५ दिनभित्र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति पनि आईसक्नेछ ।”

समानुपातिक तर्फको बन्दसूची प्रस्तुत गर्दा विगतमा जसरी चलखेल गर्न नमिल्ने गरी प्राथमिकताको क्रम कानूनले नै निर्धारण गरेको उनले बताए । साथै उनले आचारसंहिता पालनाको विषयमा राजनीतिक दल र उम्मेदवारले जनताबाट सिक्न सुझाव दिए ।

कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने प्रक्रिया, उम्मेदवारले बुझाउनुपर्ने धरौटी र निर्वाचन खर्चको विवरण, उम्मेदवारको बन्दसूची निर्धारण गर्ने ढाँचा, प्राप्त गरेको मतका आधारमा समानुपातिक समावेंसी सिदान्त अपनाएर गर्नुपर्ने सिटको बाडँफाँडबारे राजनीतिक दलका प्रतिनिधीहरूलाई प्रशिक्षण दिइएको थियो ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभामा ११० तथा प्रदेशसभामा २२० जनप्रतिनिधिको चयन हुनेछ । देशभरबाट ८८ दलले समानुपातिक निर्वाचनमा लिने छन् । समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधिसभाका लागि रु ५० हजार तथा प्रदेशसभाका लागि रु २५ हजार धरौटी राख्नुपर्ने कानूनी व्यवस्था छ । रासस 

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार ००:००