६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा क्षेत्र नं ५ बाट ओली सिफारिस




बनियानी
— झापा, १९ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले झापाले उम्मेदवार सिफारिस शुरु गरेको छ । झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापाका सचिव मदन अधिकारीले जानकारी दिए ।

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताए ।
रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००