७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पाखण्ड अवरुद्ध




बुटवल
, १५ असोज । अविरल वर्षाका कारण खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ ।

राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट ढुङ्गा सहित खसेको पहिराले गर्दा करिब ११ः३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

केही दिन पहिले पनि सोही स्थान नजिकै माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो ।
रासस

प्रकाशित मिति : १५ आश्विन २०७४, आइतबार ००:००