राजविराज, ८ असोज । दुई दिनदेखि अवरुद्ध रहेको सप्तरीको राजविराज नगरपालिकाको मतगणना आइतबार अपरान्हदेखी पुनः शुरु भएको छ ।
निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका १ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।
रासस
प्रतिक्रिया