१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनरासिस्वा नगरपालिकामा राजपा नेपाल विजयी




गौशाला
, ८ असोज । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा राजपा नेपालले विजय हासिल गरेको छ । निर्वाचन अधिकृत यामबहादुर बानियाँका अनुसार नगरपालिका प्रमुखमा राजपाका सञ्जयकुमार सिंह र उपप्रमुखमा राजपाकै रमिता प्रधान विजयी भएका छन् ।

सिंहले चार हजार २३९ मत र उपप्रमुख प्रधानले चार हजार ५३ मत ल्याएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः संघीय समाजवादी फोरम नेपालका महेन्द्र रायले तीन हजार २६१ र हजरा खातुनले दुई हजार ८८९ मत ल्याएका छन् ।

यस परिणामसंगै महोत्तरीका १५ वटै स्थानीय तहको परिणाम आएको छ । महोत्तरीमा स्थानीय तहको निर्वाचनमा राजपा सात, नेकपा माओवादी केन्द्र चार, नेपाली कांग्रेस तीन, फोरम नेपालले एक स्थान हासिल गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार ००:००