५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्र र फोरम नेपाल दुई–दुई तथा कांग्रेस एक स्थानीय तहमा विजयी




लहान
, ५ असोज । सिरहाको १७ स्थानीय तहमध्ये बिहिबार बिहान सम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले दुई—दुई र नेपाली कांग्रेसले एक स्थानीय तहमा विजय हासिल गरेको छ ।

माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फोरम नेपालले भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा नेपाली कांग्रेसले नवराजपुर गाउँपालिकामा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्नमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले दुई हजार ४३६ मत तथा उपाध्यक्षमा सोहि पार्टीका सियावतीदेवी मुखियाले दुई हजार २९९ मत प्राप्त गरी विजयी भएको जिल्ला मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका क्रमशः गंगा पासवान र ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । पासवानले चार हजार ३०९ मत र श्रेष्ठले चार हजार ३१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००