३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा एमालेका चौधरी विजयी




पर्सा
, ५ असोज पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए ।

त्यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी ममता चौधरी विजयी भएको निर्वाचन अधकृत शर्माले बताए । उनले निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जु चौधरीलाई ५०० भन्दा बढी मतअन्तरले पराजित गरेकी हुन् ।

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ को अध्यक्षमा एमालेकै फरमान मियाँ, वडा नं २ मा कांग्रेसका विजय गौरो, वडा नं ३ मा कांग्रेसकै माधव महतो थारु, वडा नं ४ मा नेपाल लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारु र वडा नं ५ मा एमालेका मुक्तिलाल साह विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००