१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुक निर्वाचनमय बनेको छः सञ्चारमन्त्री




नवलपरासी
, २५ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताएका छन् ।

नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसंग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको बताए ।

तराईका जिल्लामा आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताए ।
रासस

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतबार ००:००