५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारी मनाेनयनमा उत्साहपूर्वक सहभागी हुन निर्वाचन आयोगको अपिल



काठमाडौँ, २० भदौ । निर्वाचन आयोगले प्रदेश नं २ को ८ जिल्लाको स्थानीय निर्वाचनका लागी बुधवार हुने उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन सबैलाई अपिल गरेको छ । तेस्रो चरणको स्थानीय निर्वाचन तयारीका विषयमा जानकारी दिन निर्वाचन आयोगमा मंगलबार आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सबै तयारी पुरा भएको बताए ।

२ नं. प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा हुन लागेको निर्वाचनमा सबै मतदाता, आमनागरिक, राजनीतिक दल र सरोकारवालालाई आयोगले अपील गरेको हो । यो निर्वाचनलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन सबै मतदातासँग आग्रह गर्र्दै उनले अघिल्ला दुईवटा निर्वाचन जस्तै शान्ति र सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न हुने दाबी यादवले गरे ।

“सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुन सहमत भइसकेका छन्, यो आयोगका लागी खुशीको बिषय हो,” यादवले भने । तेस्रो चरणमा गर्न लागेको निर्वाचनका लागी सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

यी जिल्लाहरूमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । यस निर्वाचनका लागी दुई हजार १६६ मतदानस्थलमा तीन हजार ५७८ मतदान केन्द्र तोकिएका छन् भने ६ हजार ६२७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । चुनावका लागी सुरक्षाकर्मीबाहेक ३१ हजार ५०० कर्मचारी खटिँदै छन् ।

राजनीतिक दल तथा स्वतन्त्र उम्मेवारले निर्धक्क साथ उम्मेदवारी दर्ता गराउन यादवको आग्रह छ । मनोनयन दर्ता गर्दा कुनै पनि अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा–व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तत्काल कारवाही गरिने यादवको दाबी छ । रासस

प्रकाशित मिति : २० भाद्र २०७४, मंगलबार ००:००