१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कडाईका साथ आचारसंहिता पालना गराउँछौंः निर्वाचान आयोग



काठमाडौँ, १७ भदौं । तेस्रो चरणको स्थानीय तहसहित प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनमा कडाईका साथ आचारसंहिता लागु गर्न कटिवद्ध रहेको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फी आलोचना खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने आचारसंहिता उलंघन गर्नेलाई कारवाही गर्ने दाबी गरेको छ ।

स्थानीय तह निर्वाचन प्रचारप्रसार गर्ने क्रममा वीरगञ्जमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीत चुनाव चिन्हअंकित टोपी लगाएको भनी पूर्वप्रधानमन्त्री माधव नेपालसँग स्पष्टिकरण सोधिसकेको आयोगले अब कसैलाई पनि नछोड्ने चेतावनी दिएको छ ।

“आचारसंहिताको उल्लंघन सबैभन्दा बढी सरकारबाटै भएको छ,” आयोगका सदस्य सुधीरकुमार साहले भने, “हामीलाई जानकारी नै नदिई आयोगको सचिव सरुवा गरियो ।”

अघिल्ला दुईवटा निर्वाचनमा केन्द्रीयस्तरबाट खटिएका अनुगमन टोलीबाट अपेक्षा गरेअनुरुपको कार्य सम्पादन नभएको निष्कर्ष निकालेको छ । त्यसैले उलंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीको सहयोगमा ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिएको हो ।

अनुगमनमा जाने टोलीलाई निर्वाचन व्यवस्थापनको अध्ययन गर्ने, आचारसंहिता पालना भए नभएको निगरानी गर्ने, आवश्यक परे नियन्त्रणमा लिई कारबाही गर्ने तथा जिल्ला न्यायाधीश र प्रमुख जिल्ला अधिकारीको कार्यशैलीको समेत अध्ययन गर्ने अधिकार प्रदान गरिएको छ ।

अनुगमनमा खटिजाने टोलीलाई शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन प्रचारप्रसारलाई खर्चिलो र तडकभड्क रोक्न निर्भिक र निष्पक्ष भएका काम गर्न अनुगमनकर्तालाई निर्देशन दिएका छन् ।

रासस

प्रकाशित मिति : १७ भाद्र २०७४, शनिबार ००:००