६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी




बाबियाचौर
— म्याग्दी, १६ भदौ । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

गाउँपालिकाको अस्थायी केन्द्र पाखापानीस्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थायी केन्द्र वडा नं ३ पीपलेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा नं ५ झिँ र ६ पाखापानीका जनप्रतिनिधि तथा बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

गाउँपालिकाअन्तर्गतका केही कार्यालय पाखापानीमा रहनुपर्ने मागसहित शुरु गरिएको आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको वडा नं ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

उनका अनुसार दुईवटा वडाले मालपोत, नापी, वन र स्वास्थ्यसम्बन्धी कार्यालय पाखापानीमा हुनुपर्ने माग गरेका छन् । यसअघि उनीहरुले गाउँपालिका कार्यालय जान हिँडेका कर्मचारीलाई बाटोबाटै फर्काएका थिए । भदौ ५ गतेको गाउँसभाका सदस्यको बहुमतका आधारमा मौवाफाँट केन्द्र तोकिएको थियो ।
रासस

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार ००:००