१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षद्वारा २५ बिरामीलाई झुल वितरण




बाजुरा
, १२ भदौ । पछिल्लो समय मौसम परिवर्तन भएसंगै जिल्ला अस्पतालका बिरामीलाई वडाध्यक्षको पहलमा झुल बितरण गरिएको छ ।

बडिमालिका नगरपालिका– ८ का वडाध्यक्ष प्रकाशबहादुर रावलको पहलमा जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले २५ जना बिरामीलाई झुल प्रदान गरेका हुन् । अस्पतालमा लामखुट्टेको टोकाइबाट एक महिनामा २६ जना औलोका र नौजना मलेरियाका बिरामी भर्ना भएका थिए ।

उपचारका लागि भर्ना भएका अन्य रोगका बिरामीलाई राति सुत्ने बेला लामखुट्टेले थप बिरामी पार्ने भएकाले आफ्नै पहलमा झुल उपलब्ध गराइएको वडाध्यक्ष रावलले बताए । पछिल्लो समय तापक्रम वृद्धिले यस जिल्लामा समेत लामखुट्टेको प्रकोप बढिरहेकाले हामीले बिरामीका लागि झुलको व्यवस्थापन गरेका हौँ, नगर प्रमुख पदम बडुवालले भने ।

जिल्लास्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुँवरका अनुसार तापक्रम बढेसंगै लामखुट्टेको संख्या वृद्धि भएको र जिल्लाका बडिमालिका नगरपालिका, बूढीनन्दा लगायतका कम उचाइमा रहेका स्थानीय तहमा पछिल्लो समय औलोका बिरामी देखा परेका छन् ।
रासस

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार ००:००