१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा ७९ हजार ९१३ मतदाताले नाम दर्ता गराए




भद्रपुर
, १२ भदौ । झापामा कुल ७९ हजार ९१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय भद्रपुरका अनुसार तिमध्ये जिल्ला बाहिरका १५४ जना रहेका छन् ।

साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा आएर दर्ता गराउनेको संख्या आठ हजार ७६० छन् भने साउन १६ देखि भदौ ३ गतेसम्म सबै नगरपालिका र गाउँपालिकामा दर्ता गराउनेको संख्या ७१ हजार १५३ रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

जिल्ला निर्वाचन कार्यालय भद्रपुरका अनुसार जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको संख्या भद्रपुर नगरपालिका चार हजार ४६६, मेचीनगर नगरपालिकामा सात हजार २०४, कनकाई नगरपालिकामा पाँच हजार नौ, विर्तामोड नगरपालिकामा आठ हजार ११९, गौरादह नगरपालिकामा चार हजार ५०३, अर्जुनधारा नगरपालिकामा सात हजार ३१३, दमक नगरपालिकामा छ हजार ६९३ र शिवसत्ताक्षी नगरपालिकामा पाँच हजार ४७१ छन् ।

यसैगरी कचनकवल गाउँपालिकामा एक हजार ९२६, बाह्रदशी गाउँपालिकामा दुई हजार ५५६, झापा गाउँपालिकामा एक हजार ८६०, बुद्धशान्ति गाउँपालिकामा पाँच हजार ४२३, गौरीगञ्ज गाउँपालिकामा एक हजार ९९६, कमल गाउँपालिकामा छ हजार १८ र हल्दिबारी गाउँपालिकामा दुई हजार ५९६ जनाले मतदाता नामावली दर्ता गराएका छन् ।
रासस

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार ००:००