५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारको न्यूनतम पारिश्रमिक सबै मिडियामा लागू हुन्छः सञ्चार मन्त्री बस्नेत



 

११ भदौ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा तथा बधाई ज्ञापन गर्दै बस्नेतले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न मन्त्रालयले ‘मिडिया हाउस’हरूलाई सहयोग गर्ने बताए ।

“श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेर मिडिया हाउसले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ,” उनले भने, “मन्त्रालयले पनि ती मिडिया हाउसलाई सहयोग गर्नुपर्छ” मन्त्रालयका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयन भए/नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले अनुगमन गरिरहेको छ ।

मन्त्री बस्नेतले महासङ्घका संस्थापक सभापतिसमेत रहनुभएका सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान जतिसक्दो चाँडो बनाउने पनि जानकारी दिए ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, नियुक्त पत्र, भौतिक तथा पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताका कटिबद्ध भएर अगाडि बढ्ने दाबी गरे । रासस

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार ००:००