७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजपाको निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन




काठमाडौँ
, ९ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा)ले स्थानीय निर्वाचन प्रयोजनका निम्ति शुक्रबार छ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सिपी सिंह र कौशलेन्द्र मिश्र रहेका छन् ।

समितिलाई पाँच दिनभित्र घोषणापत्रको मस्यौदा पेश गर्ने समयावधि रहेको समितिका सदस्य केशव झाले जानकारी दिए । उनले समितिको बैठक आजैबाट बसी घोषणापत्रको काम शुरु गरिने बताए ।

राजपाले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनमा जाने घोषणा गरेको भोलिपल्ट शुक्रबार निर्वाचनका लागि घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।
रासस

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार ००:००