५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा थपिए १४ हजार मतदाता




भक्तपुर
, ९ भदौ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको एक महिने फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ३६ हजार ८७५ जना मतदाता थपिएका छन् ।

साउन १ गतेदेखि सो कार्यलय र जिल्लाका चारवटै नगरपालिकामा गरिएको मतदाता नामावली संकलन एवं अद्यावधिक कार्यमा विभिन्न जिल्लाका नागरिकले नाम दर्ता गराएको कार्यालय प्रमुख उमेश राईले जानकारी दिए । भक्तपुर जिल्लामा मतदान गर्न पाउने जिल्लाका १४ हजार ३१३ जनाले फेटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

यसअघिको स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लाको कूल एक लाख ६१ हजार ५२९ जना मतदाता थिए भने अभियानमा मतदाता संख्या थपिएपछि भक्तपुरमा एक लाख ७५ हजार ८४२ मतदाता पुगेको कार्यालय प्रमुख राईले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार ००:००