४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोबाट ४८ रोपनी धानखेत पुरियो




रसुवा
, ८ भदौ । गत साउन २२ गतेको वर्षासंगै आएको पहिरोबाट ४८ रोपनी धानखेत पुरिएको छ । पहिरोबाट घरमा राखिएको नौ टन मकै र छ टन धान क्षति भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाइँले जानकारी दिए ।

सोही दिनको पहिरोले १५ घर पुरिनुका साथै उत्तरगया गाउँपालिका– ४ पहिरेवेसी क्षेत्रको बेते गौँडा सिँचाइ कुलोमा क्षति पुगेको छ । सो कुलो पुनःसञ्चालनका लागि सरोकारवाला निकायसंग समन्वय गरिएको हुमागाइँले बताए ।

सो क्षेत्रका २६ चौपाया र ९६ पक्षी मरेपछि ३० लाख बराबरको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक प्रेम डाँगीले बताए ।
रासस

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार ००:००